फोटोन नेपालद्वारा लोकप्रिय मोडेल फोटोन ईभी भ्यान र फोटोन टीएम १ मा विशेष अफर

फोटोन नेपालद्वारा लोकप्रिय मोडेल फोटोन ईभी भ्यान र फोटोन टीएम १ मा विशेष अफर

काठमाडौं : दशैं-तिहार नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना लोकप्रिय मोडेल फोटोन ईभी भ्यान र फोटोन टीएम १ मा विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीले यस उत्सवलाई अझ रमाइलो र लाभदायक बनाउन विभिन्न उपहार, छुट र सुविधा सहितको स्किम ल्याएको हो।

फोटोन ईभी भ्यान बुक गर्ने ग्राहकले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता उपहार जित्ने मौका पाउनेछन्। साथै, हरेक बुकिङमा सामसुङ मोबाइल A07 (6+128GB) उपहार पक्का रहेको कम्पनीले जनाएको छ।

यस स्किममा एक वर्षको फुल इन्सुरेन्स (अटोप्लस) र क्यासलेस इन्सुरेन्स, पाँच पटकसम्म नि:शुल्क सर्भिसिङ, नि:शुल्क फ्रन्ट ब्रेक प्याड सेट र पुरै आर्थिक वर्षको रोड ट्याक्स कम्पनीले नै व्यहोर्ने सुविधा समेत समावेश छ।

त्यस्तै, फोटोन टीएम १ मा पनि दशैं विशेष छुट दिइएको छ। यसको मूल्य हाल रु. २६,९९,००० मा सीमित गरिएको छ, जुन अघिल्लो मूल्यभन्दा रु. ६,७५,००० कम हो। यसमा पनि बुकिङ उपहार, १ वर्षको सम्पूर्ण बीमा र आर्थिक वर्षको रोड ट्याक्स कम्पनीले नै भर्ने सुविधा छ।

फोटोन नेपालका अनुसार यी अफरमार्फत ग्राहकले नयाँ गाडी मात्र होइन, सुरक्षा, मूल्य र इको-फ्रेन्डली मोबिलिटी को अनुभव पाउनेछन्। कम्पनीले नजिकको शो-रुममा आएर अफरबारे जानकारी लिन र यो उत्सवलाई नयाँ गाडी लिएर अझ रमाइलो बनाउन आग्रह गरेको छ।

असोज ९, २०८२ बिहीबार १७:४७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।