नवनियुक्त चार मन्त्रीसहितको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ लगायत नवनियुक्त मन्त्रीहरू महावीर पुन, जगदीश खरेल, अनिलकुमार सिंहा र मदन परियार सहभागी रहेका छन्।
दोस्रो पटक मन्त्रिपरिषद् विस्तार पछि बसेको यो पहिलो बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल भइरहेको बताइएको छ।
असोज ९, २०८२ बिहीबार १७:०२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।