जनगुनासो सुन्न ऊर्जा, सहरी विकास र यातायात मन्त्रालयले सुरू गरे हटलाइन, कर्मचारीले घुस मागे सिधै फोन गर्न सकिने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकारले हटलाइन नम्बर सार्वजनिक गरेको छ।
यी मन्त्रालयका विभाग, आयोजना र मातहतका कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने, काम पन्छाउने, घुस वा रिसवत माग्ने, अपमानजनक व्यवहार गर्ने जस्ता गुनासो भएमा नागरिकले प्रत्यक्ष जानकारी दिन सक्ने व्यवस्था मिलाइएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१-४२११५११ वा हटलाइन ११५१ प्रयोग गर्न सकिनेछ।
सहरी विकास मन्त्रालयको गुनासोका लागि ०१-४२०००१ मा सम्पर्क गर्न सकिन्छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१-४२११७२ मा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, तीनवटै मन्त्रालयमा गुनासो [email protected] मा पनि पठाउन सकिने व्यवस्था गरिएको छ।
असोज ९, २०८२ बिहीबार १५:२३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।