सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज एकैदिन प्रतितोला १७ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुनले कीर्तिमान बनाउँदै प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। लगातार चार दिनसम्म नयाँ कीर्तिमान कायम गरेको चाँदीको मूल्यमा आज भने गिरावट देखिएको हो।
असोज ९, २०८२ बिहीबार ११:१४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।