झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु, सनाखत हुन बाँकी

बनियानी : झापाको विर्तामोड नगरपालिका-७, खालबाडीमा गएराति जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।
मृतक करिब ३६ वर्षीय पुरुष रहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार, जङ्गलबाट आएको हात्तीले आक्रमण गर्दा ती पुरुषको मृत्यु भएको हो। मृतक तराई मूलको जस्तो देखिने बताइएको छ।
आज बिहान करिब ६:२० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचनालगत्तै इलाका प्रहरी कार्यालय, अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर कानुनी प्रक्रिया सुरु गर्नुका साथै घटनाको थप अनुसन्धान गरिरहेको छ।
असोज ९, २०८२ बिहीबार ०९:५३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।