वर्षा र पहिरोले देशका पाँच मुख्य राजमार्गमा यातायात ठप्प

वर्षा र पहिरोले देशका पाँच मुख्य राजमार्गमा यातायात ठप्प

काठमाडौं : अविरल वर्षापछिको बाढी र पहिरोका कारण मुलुकका पाँच मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पहिरोले चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कोशी राजमार्ग: सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ र मकालु गाउँपालिका-३ मा पहिरोका कारण अवरुद्ध।
पासाङल्हामु राजमार्ग: रसुवाको गोसाइँकुण्ड-२ स्थित चीन जोड्ने मितेरी पुल नजिक अवरुद्ध।
नारायणगढ-मुग्लिन सडकखण्ड: चितवनको इच्छाकामना-५ मा पहिरो खसेका कारण बन्द।
मध्यपहाडी लोकमार्ग: रुकुम पूर्वको भूमे-४ मा अवरुद्ध।

प्रवक्ता घिमिरेका अनुसार तीन राजमार्गहरू भने एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।

पूर्व-पश्चिम राजमार्ग: नवलपरासी पूर्व खण्ड।
कालीगण्डकी करिडोर: बाग्लुङ खण्ड।
त्रिशूली-मैलुङ सडक: रसुवा खण्ड।

अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायसँगको समन्वयमा प्रहरीले प्रयास जारी राखेको जनाइएको छ।

असोज ९, २०८२ बिहीबार ०९:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।