दशैं बिदामा पनि अध्यागमनको सेवा चालु, टीकाको दिन मात्र बन्द हुने

दशैं बिदामा पनि अध्यागमनको सेवा चालु, टीकाको दिन मात्र बन्द हुने

काठमाडौं : दशैंको लामो सार्वजनिक बिदामा पनि अध्यागमन विभागले आफ्नो सेवा प्रवाह नरोक्ने भएको छ।

विभागले एक सूचना जारी गर्दै विजयादशमीको मुख्य दिनबाहेक अन्य बिदाका दिनमा पनि महत्त्वपूर्ण सेवाहरू सञ्चालन गर्ने जनाएको हो।

सूचनाअनुसार, विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म खुला रहनेछन्। यस अवधिमा पर्यटक तथा अन्य सेवाग्राहीले भिसासम्बन्धी सेवा लिन सक्नेछन्।

विभागको यो निर्णयले दशैं बिदाको समयमा नेपालमा रहेका पर्यटक तथा अन्य सेवाग्राहीलाई भिसासम्बन्धी कामका लागि सहज हुनेछ।

सामान्यतया, लामो बिदामा सरकारी कार्यालयहरू बन्द रहने भए पनि विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै यो व्यवस्था गरेको हो।

असोज ९, २०८२ बिहीबार ०८:१३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।