जेन-जी आन्दोलनको प्रभाव, डा बाबुरामले दिए अध्यक्षबाट राजीनामा

जेन-जी आन्दोलनको प्रभाव, डा बाबुरामले दिए अध्यक्षबाट राजीनामा

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन्। उनले पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पत्र दिएका हुन्।  बुधवार  काठमाडौंमा पार्टीको बैठक बसेको थियो। भट्टराइले राजीनामा दिएपछि बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

सोही बैठकले वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति समेत गठन गरेको छ। जेन-जी पुस्ताको आन्दोलनसँगै पुराना दलका नेतृत्वमाथि राजीनामाको दबाब बढेको छ। नेपाली काङ्ग्रेसभित्र समेत नेतृत्व परिवर्तनको बहस चर्किएको छ। माओवादी केन्द्र विशेष महाधिवेशनको तयारीमा छ। तर एमाले भने केपी ओलीकै नेतृत्वलाई निरन्तरता दिने तयारीमा छ। अन्य दलमा नेतृत्व परिवर्तनबारे बहस भए पनि एमालेमा भने यो बहस गम्भीर रूपमा प्रवेश पाएको छैन।

असोज ८, २०८२ बुधबार १७:२१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।