भ्याली कोल्ड स्टोरको विशेष चाडपर्व अफर, छानिएका उत्पादनमा १० प्रतिशत छुट

काठमाडौं : नेपाली पोल्ट्री क्षेत्रको प्रतिष्ठित ब्रान्ड भ्याली कोल्ड स्टोरले दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष ‘चाडपर्व अफर’ सार्वजनिक गरेको छ।
‘दशैं तिहार र छठ अफरको बहार’ नाम दिइएको यस योजना अन्तर्गत, ग्राहकहरूले भ्याली कोल्ड स्टोरका छानिएका उत्पादनहरूमा १० प्रतिशत छुट पाउनेछन्।
यो अफर असोज ९ गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। चाडपर्वको समयमा पारिवारिक जमघट र उत्सवलाई थप स्वादिष्ट बनाउन यो अफर ल्याइएको हो।
अफरमा चिकेन नगेट्स, फिएरी विङ्स, चिकेन स्ट्रिप्स, विभिन्न प्रकारका ससेज लगायतका उत्पादनहरू समावेश छन्।
विगत ४२ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय पोल्ट्री उत्पादनका लागि परिचित भ्याली ग्रुप अफ पोल्ट्री इन्डस्ट्रिजले आफ्ना उत्पादनहरू उच्च सरसफाइ कायम गरी तयार गरिने जनाएको छ।
कम्पनीका उत्पादनहरू अन्तर्राष्ट्रिय स्तरको एफएसएससी २२००० र हलाल प्रमाणीकरण प्राप्त छन्, जसले उत्पादनको गुणस्तर र खाद्य सुरक्षा सुनिश्चित गर्दछ।
‘बनाउँछ हेल्दी फ्यामिली’ भन्ने नाराका साथ सञ्चालित भ्याली कोल्ड स्टोरले उत्पादनको एकरूपता र उत्कृष्ट गुणस्तर कायम राख्दै अन्तर्राष्ट्रिय मापदण्ड हासिल गर्न प्रतिबद्ध रहेको बताएको छ।
कम्पनीले यो अफर सार्वजनिक गर्दै सम्पूर्ण नेपालीहरूमा बडा दशैं, तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
असोज ८, २०८२ बुधबार १३:५८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।