सर्पको टोकाइबाट एक जनाको मृत्यु

सर्पको टोकाइबाट एक जनाको मृत्यु
फाइल तस्बिर

बाजुरा : यहाँको त्रिवेणी नगरपालिका-२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ।

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन्।

उनका अनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो।

असोज ८, २०८२ बुधबार ११:५३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।