दशैंमा सामसङका फोल्डेबल फोनमा विषेश छुट

काठमाडौं : दशैंलाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना अत्याधुनिक फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ को मूल्यमा उल्लेखनीय कटौती गरेको छ।
कम्पनीका अनुसार अब यी फोनहरू पहिलेको भन्दा धेरै सुलभ मूल्यमा उपलब्ध हुनेछन्, जसले ग्राहकलाई आफ्ना प्रियजनलाई उपहार दिन थप सहज बनाउनेछ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले पर्वको अवसरमा प्रविधिलाई अझ सुलभ बनाउन चाहेको बताए । “सामसङमा, हामी रूपान्तरणकारी प्रविधि सबैको लागि उपलब्ध हुनुपर्छ भन्नेमा विश्वास गर्छौं । यस दशैंमा हामी विशेष मूल्यमार्फत् मात्र होइन, सबैलाई ग्यालेक्सी शृङ्खलाको अभूतपूर्व अनुभव गर्न आमन्त्रण गरिरहेका छौं,” उनले भने ।
नयाँ प्रस्तावअनुसार ग्यालेक्सी जेड फोल्ड६ (१२+५१२ जीबी) को मूल्य २,२९,९९९ रुपैयाँबाट घटाएर १,७९,९९९ रुपैयाँमा ल्याइएको छ भने ग्यालेक्सी जेड फोल्ड६ (१२+२५६ जीबी) २,१४,९९९ बाट घटेर १,६४,९९९ रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै, ग्यालेक्सी जेड फ्लिप६ (१२+२५६ जीबी) अब १,३९,९९९ को सट्टा ९९,९९९ रुपैयाँमा पाइनेछ । यी स्मार्टफोन खरिद गर्ने ग्राहकले ५० हजार रुपैयाँसम्म क्यासब्याक पाउने अवसर पनि पाउनेछन् ।
यसबाहेक, सामसङले नेपालभरका प्रमाणित स्टोरमार्फत इन्स्टा फाइनान्स सेवाअन्तर्गत ०% ब्याजदरमा सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा पनि उपलब्ध गराएको छ । यस सेवामा ग्राहकले केवल आफ्नो नागरिकता प्रमाणपत्र प्रस्तुत गरेर फोन खरिद गर्न सक्नेछन् । साथै, मनको पूर्ण शान्तिका लागि १८ महिनासम्मको यन्त्र बीमा पनि समावेश गरिएको छ ।
यो प्रस्तावले ग्राहकलाई वातावरणमैत्री र अत्याधुनिक प्रविधि अपनाउन थप प्रोत्साहित गर्नेछ र दशैंको उत्सवलाई अझ विशेष बनाउन सहयोग पुर्याउने सामसङको अपेक्षा छ।
असोज ७, २०८२ मंगलबार २१:०४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।