गोल्छा ग्रुपले ट्राफिक प्रहरीलाई दियो २० वटा मोटरसाइकल

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) लाई गोल्छा ग्रुपले २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।
मंगलबार रामशाहपथस्थित बग्गीखानामा आयोजित कार्यक्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको हो।
गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले हालको विषम परिस्थितिमा राज्यलाई सबल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, “अहिले हाम्रो घर वा व्यवसाय मात्र होइन, राज्य बचाउनुपर्छ। राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुँदैन।”
देश कठिन घडीबाट गुज्रिरहेको भन्दै उनले निराश नहुन आग्रह गरे। “यो प्रसव पीडाजस्तै हो, परिवर्तनले नयाँ पुस्ताले देखेको सपना पूरा गर्नेछ भन्ने विश्वास छ,” उनले थपे।
“हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व : सहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग” भन्ने मूल मर्मका साथ समूहले आवश्यक सहयोग गर्दै आएको जनाएको छ। जेनजी आन्दोलनका क्रममा ट्राफिक प्रहरी मातहतका भवन र साधनसामग्रीमा क्षति पुगेपछि सहयोग स्वरूप मोटरसाइकल हस्तान्तरण गरिएको हो।
असोज ७, २०८२ मंगलबार २०:५०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।