भिषण सुख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भयो नारायणगढ-मुग्लिन सडकखण्ड

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा पुनः सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार इच्छाकामना गाउँपालिका-५ स्थित सडकखण्डमा माथिबाट निरन्तर पहिरो खसिरहेको छ।
उनका अनुसार लगातार पहिरो खसिरहेकाले सडक भासिने जोखिम समेत बढेको छ। त्यसैले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न चालक र यात्रुलाई आग्रह गरिएको छ। ठूलो सुक्खा पहिरो खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको प्रहरीले जनाएको छ।
तुइन खोलामा गत शुक्रबार साँझ ६ बजेपछि निरन्तर पहिरो खस्दै आएको थियो। बीचमा पन्छाएर राजमार्ग खुलाइएको भए पनि मंगलबार अपराह्न फेरि ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो।
असोज ७, २०८२ मंगलबार १७:३४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।