घरबेटीको हत्या गरेको आरोपमा डेरावाला पक्राउ

घरबेटीको हत्या गरेको आरोपमा डेरावाला पक्राउ

झापा : झापामा हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

बिर्तामोड नगरपालिका-७ खालबाडी बस्ने ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको अभियोगमा तामाङकै घरमा डेरा गरी बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रेम कुमारले धारिलो हतियार प्रहार गर्दा फुर्बाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

असोज ७, २०८२ मंगलबार १४:५६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।