जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका एमाले नेता रायमाझी १५ दिनपछि कारागार फर्किए

काठमाडौं : जेनजी आन्दोलनको मौका छोपेर भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख आरोपी एमाले नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।
जेनजी प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारा स्थित ‘सेन्ट्रल जेल’बाट निस्केका उनी करिब दुई सातापछि मंगलबार डिल्लीबजार कारागार फर्किएका हुन्। रायमाझीसँगै सुन्धाराबाट मात्रै करिब ३३ सय कैदीबन्दी भागेका थिए।
रायमाझीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न रहेको आरोपमा मुद्दा चलिरहेको छ।
काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्ष कैदीका रूपमा सुन्धारा कारागारमा राखिएका थिए।
उनीसँगै सोही प्रकरणमा संलग्न तत्कालीन सचिव टेकनारायण पाण्डे पनि सुन्धारा कारागारबाट निस्केका थिए। तर पाण्डे भने अहिलेसम्म कारागार फर्किएका छैनन्।
असोज ७, २०८२ मंगलबार १४:०९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।