तोलामै ३९ सयले बढ्दा सुनको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं : सुनको मूल्य लगातार वृद्धि भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अघिल्लो दिन सोमबारको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको छ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ र यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो।
असोज ७, २०८२ मंगलबार ११:०४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।