मनसुन कमजोर, स्थानीय वायु सक्रिय तर कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना कायमै

मनसुन कमजोर,  स्थानीय वायु सक्रिय तर कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना कायमै

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै गए पनि स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली कायमै रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा हुन सक्छ।

विशेषगरी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।

असोज ७, २०८२ मंगलबार ०७:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।