मर्चेन्ट बैंकिङ एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : मर्चेन्ट बैंकिङ एसोसिएसन नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
पोखरामा आयोजना गर्ने भनिए पनि पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सभा काठमाडौंमा सारिएको थियो। असोज २ गते राजधानीको ह्यात होटलमा सम्पन्न भएको सभामा सबै मर्चेन्ट बैंकिङ संस्थाका प्रतिनिधि र सदस्यहरूको उपस्थिति थियो।
सभामा आर्थिक वर्ष २०८१/८२ का गतिविधि र उपलब्धिहरूको समीक्षा गर्दै २०८२/८३ को कार्यक्रम र बजेट पारित गरिएको छ। नेपालमा मर्चेन्ट बैंकिङ व्यवसायलाई दिगो र व्यावसायिक बनाउनका लागि भावी रणनीति, चुनौती र सम्भावनाबारे विस्तृत छलफल भएको थियो।
सो अवसरमा एसोसिएसनको नामसहित केही आवश्यक संशोधनसमेत गरिएको छ। साथै पूँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन नीतिगत विषयमा पनि छलफल गरिएको थियो।
असोज ६, २०८२ सोमबार २१:०७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।