इनड्राइभको दशैं विशेष : ड्राइभरहरूका लागि शून्य प्रतिशत सेवा शुल्क

इनड्राइभको दशैं विशेष : ड्राइभरहरूका लागि शून्य प्रतिशत सेवा शुल्क

काठमाडौं : इनड्राइभले यस दशैंको अवसरमा काठमाडौंका ड्राइभर पार्टनरहरूका लागि विशेष सुविधा ल्याएको छ। कम्पनीले दशैं अवधिभर ०% सेवा शुल्क लागू गर्ने घोषणा गरेको छ, जस अन्तर्गत ड्राइभरहरूले आफ्नो आम्दानी १००% राख्न सक्नेछन्।

इनड्राइभको पियर-टु-पियर (पी-टु-पी) मोडलमार्फत यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपले राइड लिने अधिकार र उचित मूल्य निर्धारणको सुविधा प्रदान गरिन्छ। यसले पारदर्शिता, लचिलोपन र वास्तविक स्वतन्त्रताको अनुभव सुनिश्चित गर्छ।

कम्पनीकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलले बताइन्, “हामी आफूलाई ठूलो समुदायको हिस्सा मान्छौं। आपसी सहयोग र समर्थनले बलियो समुदाय निर्माण हुन्छ। दशैंको अवसरमा ड्राइभर पार्टनरहरूलाई थप आम्दानी गर्ने सुविधा उपलब्ध गराउँदै यात्रुहरूले पनि सुरक्षित र निष्पक्ष यात्रा अनुभव पाउन सक्ने वातावरण बनाएका छौं।”

सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो। कम्पनीले रियल-टाइम राइड ट्र्याकिङ, विश्वसनीय र पारदर्शी रेटिङ प्रणाली, २४/७ इन-एप सपोर्ट र “सेयर-ट्रिप” जस्ता सुविधा मार्फत यात्रु र चालक दुबैको सुरक्षा सुनिश्चित गरेको छ।

इनड्राइभले यो अवसरमार्फत काठमाडौंका यात्रुहरूलाई किफायती, सुरक्षित र सुविधाजनक यात्रा गर्ने अवसर दिने र स्थानीय चालकहरूलाई आम्दानी बढाउने अवसर प्रदान गर्ने जनाएको छ। यसरी समुदायले दशैंलाई खुशी र समृद्धिसहित मनाउन सक्नेछ ।

असोज ६, २०८२ सोमबार २०:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।