कास्की कारागारबाट भागेका दुई विदेशी काठमाडौंबाट पक्राउ

काठमाडौं : कारागारबाट फरार भएका बालयौन दुराचार तथा जबरजस्ती करणी दोषी दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बालयौन दुराचार मुद्दामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका माइकल नर्मन टेलर र जबरजस्ती करणी मुद्दामा काठमाडौंमा कैद भुक्तान गरिरहेका जेसन लोयड सुडिलाई आज पक्राउ गरेको हो।
ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले माइकल जिल्ला अदालत कास्कीको आदेशले कास्की कारागारमा र जेसन जिल्ला अदालत काठमाडौँको आदेशले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेको जानकारी दिए।
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका दुवै जनालाई ब्यूरोको टोलीले आज काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जबाट पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको उनले बताए।
असोज ६, २०८२ सोमबार १९:५९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।