स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर

काठमाडौं : स्कोडा नेपालले यस वर्षको चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ डिलाइट २०८२’ अफर सार्वजनिक गरेको छ। “फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा ग्राहकले आकर्षक अफर र भव्य पुरस्कार पाउनेछन्।
कम्पनीका अनुसार अफरअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २०% डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट र विशेषगरी कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। वर्ल्ड क्लास मोटरस्पोर्ट्स हेर्न पाउने यो मौका जीवनमै एकपटक पाइने अद्वितीय अनुभव हुने स्कोडाले जनाएको छ।
ग्राहकलाई चाडपर्वमा थप खुशी दिन स्कोडाले अफर र पुरस्कारलाई संयोजन गर्दै ल्याएको छ। कम्पनीले भनेको छ, “यो अभियानमार्फत ग्राहकले केवल गाडी मात्र होइन, अविस्मरणीय सम्झना पनि घर लैजान सक्नेछन् ।”
स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारमा नयाँ परिभाषा दिइरहेको बताइएको छ। कम्पनीले यो अभियानलाई समुदायप्रति आभार व्यक्त गर्ने र अझ राम्रो सेवा दिने वाचा भएको जनाएको छ।
नेपालभरका सबै अधिकृत स्कोडा सोरूममार्फत ‘फेस्टिभ डिलाइट २०८२’ अफरमा सहभागी हुन सकिनेछ।
असोज ६, २०८२ सोमबार १९:४०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।