घोराही मालपोत कार्यालयमा घोराही सिमेन्टले गर्‍यो सरसफाइ तथा रङरोगन

घोराही मालपोत कार्यालयमा घोराही सिमेन्टले गर्‍यो सरसफाइ तथा रङरोगन

काठमाडौं : घोराही सिमेन्ट उद्योग लिमिटेडले “हाम्रो समुदाय, हाम्रो जिम्मेवारी” भन्ने मूल नारा अघि सार्दै जेनजी आन्दोलनमा आगजनी भएको घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ।

उद्योगले आवश्यक सामग्री र श्रमिकको व्यवस्था आफ्नै पहलमा गर्दै कार्यालयलाई व्यवस्थित स्वरूपमा पुनः प्रस्तुत गरेको हो। सरकारी कार्यालयलाई आकर्षक र कार्यसुगम बनाउन गरिएको यस प्रयासले वातावरण सुधार हुने र सेवाग्राहीलाई सहज हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

घोराही सिमेन्टले यसलाई केवल सरसफाइ वा रङरोगन मात्र नभई समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा पहलका रूपमा लिएको जनाएको छ। उद्योगले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भोलिको निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

असोज ६, २०८२ सोमबार १९:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।