तुइन खोलाको पहिरो हटाइएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो, सावधानी अपनाउन प्रहरीको अपील

चितवन : गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ। तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राती बन्द गरिएको थियो। आज बिहान देखि एकतर्फी रुपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजे सम्म पूर्णरुपमा बन्द गरी पहिरो पन्छाइएको थियो।
अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
असोज ६, २०८२ सोमबार १९:०३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।