प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन्।
पदभार सम्हालेलगत्तै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
असोज ६, २०८२ सोमबार १७:१३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।