नारायणगढ-मुग्लिन सडकखण्ड अझै खुलेन, जारी छ पहिरो पन्छाउने काम

चितवन : नारायणगढ-मुग्लिन सडक खण्ड अझै खुल्न सकेको छैन। यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्ण रूपमा पन्छाउने क्रम जारी छ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार अबको केही घण्टामा सडक दुईतर्फी रुपमा सञ्चालनमा आउने बताए।
इच्छाकामना गाउँपालिका-६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो। आइतबार साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भए पनि रातको समयमा सडक बन्द गरिएको थियो।
पहिरोका कारण सडक रोकिएपछि अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाद्यान्न वितरण र स्वास्थ्य परीक्षण गरिएको थियो।
असोज ६, २०८२ सोमबार १४:२९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।