सुनको मूल्यमा कीर्तिमान, तोलाको २ लाख १७ हजार ८०० पुग्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ७०० ले बढेर हालसम्मकै उच्च विन्दु, रु. २ लाख १७ हजार ८०० पुगेको हो।
यसअघि आइतबार छापावाल सुन प्रतितोला रु. २ लाख १७ हजार १०० मा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला रु. २ हजार ६५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
असोज ६, २०८२ सोमबार ११:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।