चाडबाडमा नेपाल टेलिकमको विशेष अफर : सस्तो डाटा, भ्वाइस र निःशुल्क इन्टरनेट जडान

काठमाडौं : नेपाल टेलिकमले हिन्दुहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर ग्राहकका लागि विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ।
‘दशैं-तिहार-छठ अफर २०८२’ अन्तर्गत टेलिकमले मोबाइल सेवामा सहुलियत दरका डाटा, भ्वाइस प्याकेजका साथै एफटीटीएच जडानमा विशेष छुट दिने भएको हो।
चाडपर्वको अवसरमा असोज ६ देखि ३१ गतेसम्म नयाँ एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट जडान गर्ने ग्राहकहरूलाई लाग्ने जडान शुल्क (रु. ५००) पूर्ण रूपमा मिनाहा गरिने टेलिकमले जनाएको छ।
टेलिकमले जीएसएम मोबाइल प्रयोगकर्ताहरूका लागि अनलिमिटेड डाटा र भ्वाइस प्याकहरू पनि ल्याएको छ।
फेस्टिवल अनलिमिटेड डाटा प्याकेज:
रु. ४९९ मा: दैनिक ५ जीबी उच्च गतिको डाटा। दैनिक कोटा सकिएपछि २ Mbps को गतिमा असीमित चलाउन सकिनेछ।
रु. ६९९ मा: दैनिक १० जीबी उच्च गतिको डाटा। दैनिक कोटा सकिएपछि ३ Mbps को गतिमा असीमित चलाउन सकिनेछ।
भ्वाइस तथा एसएमएस प्याकेज:
रु. २५० मा: १००० मिनेट अल-नेट भ्वाइस (जुनसुकै नेटवर्कमा कल गर्न मिल्ने)।
रु. ९९ मा: १००० मिनेट अन-नेट एसएमएस (नेपाल टेलिकमको नेटवर्कभित्र)।
यी सबै प्याकेजहरूको अवधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको हुनेछ।
ग्राहकले यी अफरहरू दुई चरणमा खरिद गर्न सक्नेछन्: असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म। प्याकेज खरिद गर्न आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा ‘नेपाल टेलिकम’ एप प्रयोग गर्न सकिनेछ।
नेपाल टेलिकमले यी अफरहरूले चाडपर्वको समयमा आफ्ना ग्राहकहरूलाई परिवार र साथीभाइसँग थप सम्पर्कमा रहन र खुसी साट्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
असोज ६, २०८२ सोमबार ०९:५७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।