नेपाल विद्युत प्राधिकरणका महानिर्देशक शाक्यको जल तथा उर्जा आयोगमा सरुवा

नेपाल विद्युत प्राधिकरणका महानिर्देशक शाक्यको जल तथा उर्जा आयोगमा सरुवा

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक हितेन्द्र देव शाक्यलाई सरुवा गरेको छ। 

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई ल्याउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन्।  

सरकारले शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरेको छ। 

 साथै सरकारले खर्च कम गर्न ३ करोड भन्दा कम रकमका टुक्रे आयोजनाहरूलाई खारेज गरेको छ।  

असोज ५, २०८२ आइतबार १९:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।