एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारबाट सुरू गर्दैछौं : बालेन्द्र शाह

काठमाडौं : करिब एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्यक्रम फेरि सुरु भएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) ले सोमबार (२०८२ असोज ७ गते) देखि वितरण प्रक्रिया सुरु हुने जानकारी दिए।
पहिलो चरणमा देशभरका दुर्गम क्षेत्र तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकामा एम्बुलेन्स वितरण गरिनेछ।
मेयर साहका अनुसार पारदर्शी मापदण्ड तयार गरी स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको हो। स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार भएको उल्लेख गर्दै बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य हो। यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो,’
एम्बुलेन्स वितरणका लागि पालिका छनौटमा पनि यही मापदण्ड लागू गरिएको उनले स्पष्ट पारेका छन्।
असोज ५, २०८२ आइतबार १८:१६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।