राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौं : राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गरेका थिए।

बैठकमा उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, समितिका सदस्य तथा राष्ट्रिय सभा सचिवलगायतको सहभागिता रहेको थियो।

बैठकमा समसामयिक परिस्थिति र त्यसमा राष्ट्रिय सभाको भूमिकाबारे छलफल भएको सचिवालयले जनाएको छ। सो क्रममा अध्यक्ष दाहालले १८औँ अधिवेशन नियमित बैठक बस्न नसकेको कारण त्यस अवधिमा भएका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिए।

यस्तै, गत जेठ ११ र १२ गते सातै प्रदेशमा सम्पन्न “संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी : प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी” विषयक निर्वाचक मण्डलहरूसँगको अन्तरक्रिया तथा समन्वय बैठकको एकीकृत प्रतिवेदन परिमार्जन गरी छिट्टै सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।

असोज ५, २०८२ आइतबार १८:०६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।