जूट फेशनद्वारा नयाँ ई-कमर्स वेबसाइट सार्वजनिक, दशैंमा विशेष छुट योजना

जूट फेशनद्वारा नयाँ ई-कमर्स वेबसाइट सार्वजनिक, दशैंमा विशेष छुट योजना

काठमाडौं : नेपाली पुरुष फेसनमा छोटो समयमै लोकप्रिय बनेको ब्राण्ड जूट फेशनले आफ्नो आधिकारिक ई-कमर्स वेबसाइट https://zoot.com.np शुभारम्भ गरेको छ।

विजयादशमीको अवसर पारेर सार्वजनिक गरिएको यो अनलाइन स्टोरले अब देशभरका ग्राहकलाई सहज र आकर्षक किनमेल अनुभव दिलाउने लक्ष्य राखेको छ।

२५ देखि ४५ वर्ष उमेर समूहका फेसनप्रेमी पुरुषलाई लक्षित गरी तयार गरिएको वेबसाइटमा शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेटसहितका उत्पादन सजिलै अर्डर गर्न सकिनेछ। आधुनिक इन्टरफेस, सरल नेभिगेसन र घरमै डेलिभरी सेवा वेबसाइटको विशेषता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका संस्थापक तथा सिइओ श्याम रत्न मालीले भने, “फेसन केवल पहिरन होइन, यो व्यक्तित्व र आत्मविश्वाससँग जोडिएको मान्यता हो। जूट फेशनले सुरुदेखि नै आधुनिक फेसनलाई मूल्य र सोचसँग जोड्ने काम गर्दै आएको छ।”

वेबसाइट शुभारम्भसँगै चाडपर्व विशेष योजनाअन्तर्गत ग्राहकहरूले ३५% सम्म छुट पाउनेछन् भने पहिलो अर्डरमा थप ५% छुट उपलब्ध हुनेछ।

जूट फेशनले यसअघि पनि आधुनिक शैली र गुणस्तरीय फेसनमार्फत बजारमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ।

असोज ५, २०८२ आइतबार १७:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।