रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’, हरेक स्मार्टफोन खरिदमा रेडमी बड्स ५ ए रु. ९९९ मा पाइने

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’ घोषणा गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले नयाँ स्मार्टफोन खरिद गर्दा प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन्।
असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म (सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५) सञ्चालन हुने यो अफरअन्तर्गत, हरेक रेडमी नोट १४ सिरिजको स्मार्टफोन खरिदमा सामान्यतया रु. २,४९९ पर्ने रेडमी बड्स ५ ए केवल रु. ९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो योजना रेडमी नोट १४, रेडमी नोट १४ ५जी, रेडमी नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलमा लागू हुनेछ। ग्राहकहरूले जुनसुकै मोडल छनोट गरे पनि एउटै मूल्यमा बड्स प्राप्त गर्न सक्नेछन्।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अफरबारे भने, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं। उत्पादनलाई अझ सुलभ बनाउन यो विशेष अफर ल्याएका हौं।”
यो योजना आगामी कार्तिक १४ गतेसम्म मात्र मान्य हुने र देशभरका आधिकारिक शाओमी र स्मार्टफोन बिक्रेतामार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
असोज ५, २०८२ आइतबार १४:५२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।