भैरहवाका विनोद यादवले जिते यामाहाको दशैं लक्की ड्र, पाए नयाँ यामाहा बाइक

काठमाडौं : यामाहा नेपालले ल्याएको दशैं-तिहार विशेष अफर “राइड द ब्लू विथ रोडिज” अन्तर्गत पहिलो विक्ली लक्की ड्रको विजेता घोषणा गरिएको छ। शनिबार काठमाडौँको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित भव्य यामाहा ब्लू फेस्ट कार्यक्रममा ग्राण्ड उपहारका विजेता भैरहवाका विनोद यादव घोषित भएका हुन्। उनले नयाँ यामाहा मोटरसाइकल पुरस्कारमा प्राप्त गरेका छन्।
विजेताको नाम नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले सार्वजनिक गरेका थिए। ‘रकेट’ उपनामले परिचित २८ वर्षीय पौडेल नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, लगातार पाँच पटकका रोड रेसिङ च्याम्पियन र २०२४ का नेशनल च्याम्पियनसमेत हुन्।
एम.ए.डब्लू. राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सिइओ दीपक कुमार अग्रवालले विजेता यादवलाई हार्दिक बधाई दिँदै यामाहा सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई प्राथमिकता दिने ब्रान्ड भएको उल्लेख गरे। उनले भने, “यो अभियानमार्फत दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं। अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि बाइक जित्ने अवसर खुला छ।”
“यामाहा राइड द ब्लू विथ रोडिज” अभियानअन्तर्गत ग्राहकहरूले बाइक खरिद अघि अधिकतम रु. १ लाखसम्म, खरिदपछि रु. १० लाखसम्म नगद उपहार जित्ने अवसर पाउनेछन्। साथै, हरेक सातामा १ जना भाग्यमानी विजेताले नयाँ यामाहा बाइक जित्ने मौका पाउने व्यवस्था छ। यसबाहेक फ्री हेलमेट, ४ वटा निःशुल्क एडिसनल सर्भिस कुपन, स्पेयर पार्ट्स र ल्युब्रिकेन्टमा ५५ प्रतिशतसम्म छुट, स्पट एक्सचेन्ज सुविधा, इजी फाइनान्स र छानिएका मोडलमा शून्य प्रतिशत ब्याजसहित ईएमआई सुविधा पनि उपलब्ध छन्।
यामाहा नेपालले आफ्नो दशैं अभियानमार्फत ग्राहकलाई पर्वको रमाइलोपनसँगै यामाहाको थ्रिल, स्टाइल र विश्वसनीय पर्फर्मेन्सको अनुभव लिन निमन्त्रणा गरेको छ।
असोज ५, २०८२ आइतबार १४:४६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।