सानिमा बैंकले ७.३६ प्रतिशत नगद लाभांश दिने

सानिमा बैंकले ७.३६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : सानिमा बैंक लिमिटेडले नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको २०८२ असोज ३ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकको हालको चुक्तापूँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। सो आधारमा कुल नगद लाभांश रकम रु. १ अर्ब ७ लाख ५४ हजार ७००.१५ बराबर हुने बैंकले जनाएको छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

असोज ५, २०८२ आइतबार १४:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।