‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’को उद्घाटनमा शम्भुजित बाँस्कोटाको एकल गायन

काठमाडौं : अस्ट्रेलियाको सिड्नीस्थित पारामाटा रोड अर्बनमा आइतबार नयाँ र आधुनिक ‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’ भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले प्रस्तुत गरेको एकल गायनले कार्यक्रमलाई आकर्षक बनाएको थियो। यो फङ्सन सेन्टरलाई रञ्जित शाह, सन्तोष तिवारी र शोभित बस्नेतले संयुक्त रूपमा स्थापना गरेका हुन्।
निर्देशक बस्नेतका अनुसार, सिड्नीमा ठूला स्तरका सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्न अभाव भएको स्थानलाई पुरा गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो।
फङ्सन सेन्टरमा दुईवटा फरक क्षमताका हलहरू रहेका छन्। ठूलो हल करिब ४०० जनासम्म र सानो हल करिब २०० जनासम्म अट्ने गरि बनाइएको छ। सञ्चालकहरूको योजनाअनुसार, हरेक महिना नेपालबाट कलाकार बोलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछ।
असोज ५, २०८२ आइतबार १४:२०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।