सुनको मूल्य हालसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।

यो मूल्य नेपालको इतिहासमै हालसम्मकै उच्च हो। यसअघि मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।

शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यले पनि आज नयाँ कीर्तिमान बनाएको छ। महासंघका अनुसार, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर २ हजार ६२० रुपैयाँ पुगेको छ।

असोज ५, २०८२ आइतबार १०:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।