शाओमीको दशैं अफर: रेडमी नोट १४ सिरिजको खरिदमा बड्स ९९९ रुपैयाँमा

शाओमीको दशैं अफर: रेडमी नोट १४ सिरिजको खरिदमा बड्स ९९९ रुपैयाँमा

काठमाडौं : शाओमीले आफ्नो रेडमी नोट १४ सिरिजका स्मार्टफोनका लागि विशेष ‘बन्डलिङ’ अफर सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले रेडमी नोट १४ सिरिजको कुनै पनि स्मार्टफोन खरिद गर्दा ‘रेडमी बड्स ५ए’ केवल ९९९ रुपैयाँमा पाउनेछन्।

यो अफर असोज ५ देखि कार्तिक १४ गते (सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यो अफर ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव प्रदान गर्न ल्याइएको बताए।

‘ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत हामीले हाम्रा उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौँ’, उनले भने।

कम्पनीका अनुसार, सामान्यतया २ हजार ४९९ रुपैयाँ पर्ने ‘रेडमी बड्स ५ए’ यो अफर अवधिभर ९९९ रुपैयाँमा उपलब्ध हुनेछ।

यो योजना रेडमी नोट १४, रेडमी नोट १४ ५जी, रेडमी नोट १४ प्रो ५जी र रेडमी नोट १४ प्रो+ ५जी लगायत सिरिजका सबै मोडलहरूमा लागू हुनेछ।

यो विशेष अफर देशभरका आधिकारिक शाओमी विक्रेता तथा अन्य सबै अधिकृत रिटेल स्टोरहरूमार्फत प्राप्त गर्न सकिनेछ।

असोज ५, २०८२ आइतबार ०९:३५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।