रातोपुलबाट लुटिएको सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

रातोपुलबाट लुटिएको सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ
ai image

काठमाडौं : प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद रु १३ हजार र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन जारी रहेको उनले बताए।

असोज ४, २०८२ शनिबार २०:३८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।