लुटिएका सामान खरिद नगर्न प्रहरीको अपील, बिक्री हुन लागेको थाहा पाए तत्काल खबर गर्न आग्रह

काठमाडौं : काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले २३ भदौपछि देशभर भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड र लुटपाटमा संलग्न आपराधिक गतिविधि रोक्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।
प्रहरीले यस अवधिमा विभिन्न सरकारी कार्यालय, कारागार, बैंक तथा वित्तीय संस्था, निजी निवास, व्यापारिक भवन र पसल लगायतका संरचनामा तोडफोड हुनुका साथै ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका वस्तु, गरगहना, कम्प्युटर, ल्यापटपसहितका जिन्सी सामानहरू लुटपाट भएको घटना प्रहरीमा दर्ता भएको जानकारी दिएको छ। प्रहरीले त्यस्ता सामग्री कोही कसैले बिक्री वा वितरण गर्न ल्याएमा नकिन्न र तत्काल नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन आग्रह गरेको छ।
साथै यस सम्बन्धमा कुनै सूचना भए उपत्यका प्रहरी परिचालन कक्ष (१००, ९८५१२८३०२६), उपत्यका प्रहरी कार्यालय रानीपोखरी (९८५१२८३०२७), उपत्यका अपराध अनुसन्धान कार्यालय (९८५१२८३०३२), जिल्ला प्रहरी परिसर काठमाडौं (९८५१२८३०१२), ललितपुर (९८५१२८३०१७) र भक्तपुर (९८५१२८३०२०) मा खबर गर्न सकिने जनाएको छ।
‘लुटपाट भएका सामानको खरीद/बिक्रीमा संलग्न हुने काम आपराधिक गतिविधिको सहयोग मानिने भएकाले सचेत रहन र अपराध नियन्त्रणमा प्रहरीलाई साथ दिन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ प्रहरीको विज्ञप्तीमा भनेको छ।
असोज ४, २०८२ शनिबार १६:२०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।