सुटिङका क्रममा जुनियर एनटीआर घाइते

सुटिङका क्रममा जुनियर एनटीआर घाइते

काठमाडौं : तेलुगु सुपरस्टार जुनियर एनटीआर एक विज्ञापनको सुटिङका क्रममा घाइते भएका छन्। यद्यपि, उनलाई सामान्य चोट मात्र लागेको जनाइएको छ।

शुक्रबार उनको टिमले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उनी अहिले ठीक रहेको र तीव्र गतिमा स्वास्थ्य लाभ गरिरहेको जानकारी दिएको छ।

आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘एनटीआरलाई आज एक विज्ञापनको सुटिङका क्रममा सामान्य चोट लागेको छ। डाक्टरले उहाँलाई पूर्ण रूपमा निको हुन केही हप्ता आराम गर्न सल्लाह दिनुभएको छ। उहाँको स्वास्थ्य अवस्था स्थिर छ र चिन्ताको कुनै कारण छैन। हामी प्रशंसक, सञ्चारमाध्यम र शुभचिन्तकहरूलाई कुनै पनि किसिमको अनुमान नलगाउन हार्दिक अनुरोध गर्दछौँ।’

उल्लेखनीय छ, एनटीआर हालै ऋतिक रोशनसँग फिल्म ‘वार २’ मा देखिएका थिए। यद्यपि, फिल्मले बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न सकेन, तर उनको अभिनयको निकै प्रशंसा भएको थियो। वाईआरएफको यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका थिए।

एनटीआर हाल आफ्नो आगामी फिल्म ‘एनटीआर नील’ को तयारीमा छन्। ‘ड्र्यागन’ नामले चर्चामा रहेको यो फिल्मलाई ‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त नीलले निर्देशन गरिरहेका छन्। यो फिल्म अर्को वर्षको जुन महिनामा रिलिज हुनेछ।

यसबाहेक, उनी निर्देशक नेल्सन दिलीपकुमारको एक शीर्षकविहीन फिल्ममा पनि काम गर्दैछन्, यद्यपि यस प्रोजेक्टबारे धेरै जानकारी सार्वजनिक गरिएको छैन।

असोज ४, २०८२ शनिबार १०:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।