बजाजको 'ग्राण्ड एक्सचेन्ज मेला' भृकुटीमण्डपमा सुरु, पुराना मोटरसाइकलसँग नयाँ साट्न सकिने

काठमाडौं : नेपालमा सर्वाधिक रुचाइएको मोटरसाइकल ब्राण्ड बजाजले काठमाडौंको भृकुटीमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरू गरेको छ।
असोज ३ देखि ८ गतेसम्म चल्ने यस मेलामा ग्राहकहरूले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ बजाज मोटरसाइकल साट्न सक्नेछन्।
कम्पनीका अनुसार, मेलामा २२ भन्दा बढी मूल्याङ्कनकर्ता मार्फत पुराना सवारीसाधनको उच्चतम र उचित मूल्याङ्कन गरिनेछ।
यसका साथै, ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज र अन-द-स्पट फाइनान्सको सुविधा पाउनेछन्।
यस पटकको एक्सचेन्जमा फाइनान्स प्रक्रियालाई अत्यन्तै सरल बनाइएको छ। ग्राहकले अब केवल नागरिकताको आधारमा फाइनान्स सुविधा लिन सक्नेछन्।
यसका लागि घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, वा आयस्रोतको प्रमाणपत्र जस्ता कागजातहरू आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
मेलामा सहभागी हुनेहरूका लागि हरेक दिन लक्की ड्र मार्फत ५० हजार रुपैयाँ नगद जित्ने अवसर पनि रहेको छ। साथै, ‘चेतक एक्सपेरियन्स जोन’मा बजाजको नयाँ इलेक्ट्रिक स्कुटर 'चेतक' को टेस्ट राइड समेत गर्न सकिनेछ।
चाडपर्वको अवसरमा ग्राहकलाई सहज र पारदर्शी सेवा दिने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रमहरू आयोजना गरिएको बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ।
असोज ३, २०८२ शुक्रबार १६:५७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।