युक्रेन सीमाबाट दुई नेपालीको उद्धार, आज स्वदेश फर्काइँदै

युक्रेन सीमाबाट दुई नेपालीको उद्धार, आज स्वदेश फर्काइँदै
फाइल तस्बिर

काठमाडौं : युक्रेनको सीमामा पक्राउ परेका दुई नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइँदैछ।

रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई सरकारले उद्धार गरी नेपाल ल्याउन लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार, उनीहरूलाई बर्लिनस्थित नेपाली दूतावासको सक्रियतामा उद्धार गरिएको हो।

उनीहरूको उद्धारमा युक्रेनको सीमा सुरक्षा सेवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले पनि सहयोग गरेका थिए।

यो घटनासँगै परराष्ट्र मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित देशको अध्यागमन तथा अन्य कानुनको पूर्ण पालना गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ।

कानुन उल्लंघन गर्दा पक्राउ पर्ने, लामो समय थुनामा बस्नुपर्ने र ज्यान नै जोखिममा पर्न सक्ने अवस्था आउनेतर्फ मन्त्रालयले सचेत गराएको छ।

साथै, विभिन्न प्रलोभनमा परी अवैध तरिकाले विदेश नजान र त्यस्ता गतिविधिमा संलग्न नहुन पनि मन्त्रालयले अनुरोध गरेको छ।

यसरी पक्राउ परेका नागरिकको उद्धार प्रक्रिया अत्यन्तै जटिल र चुनौतीपूर्ण हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

असोज ३, २०८२ शुक्रबार १६:४७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।