दैलेखका लेखा अधिकृत सेवाग्राहीसँग एक लाख घुस लिएसँगै अख्तियारको फन्दामा

दैलेखका लेखा अधिकृत सेवाग्राहीसँग एक लाख घुस लिएसँगै अख्तियारको फन्दामा

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत टंकबहादुर कार्की घुस रकमसहित पक्राउ परेका छन्।

सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई नियन्त्रणमा लिएको हो।

कार्कीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहिबार सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-९, मंगलगढी चोकबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

असोज ३, २०८२ शुक्रबार १४:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।