महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत-सम्भारमा सहयोग

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत-सम्भारमा सहयोग

काठमाडौं : महालक्ष्मी विकास बैंकले हालै मुलुकमा भएको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको कार्यालय भवन मर्मत-सम्भार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

आगजनी तथा तोडफोडका कारण भवनको संरचना बिग्रिएको र न्यूनतम् प्रशासनिक कामसमेत सञ्चालनमा कठिनाइ भइरहेको अवस्थामा तत्काल आवश्यक मर्मत-सम्भार र अन्य सिभिल कार्यहरू गर्न सहयोग गरिएको बैंकले जनाएको छ।

यस कदमले पुनर्निर्माण तथा मर्मत-सम्भार कार्य छिट्टै सम्पन्न हुने र प्रहरी वृत्तलाई सहज वातावरणमा सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

यस्तै, बैंकले हाल आफ्ना सम्पूर्ण सेवा पूर्ण रूपमा सञ्चालनमा आएको र डिजिटल बैंकिङ सेवा सुरक्षित रुपमा उपलब्ध भइरहेको जानकारी गराएको छ। लेकसाइड शाखाबाहेक देशभर १०२ वटा शाखा सञ्चालनमा रहेको बैंकले निरन्तर नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा पुर्याउँदै आएको जनाएको छ।

असोज ३, २०८२ शुक्रबार १४:०१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।