सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो।
बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ। बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी आज २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
असोज ३, २०८२ शुक्रबार ११:४४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।