संविधान निर्माणको एक दशक, टुँडिखेलमा देखिएनन् प्रमुख दलका शीर्ष नेता (तस्विरहरू)

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को मूल समारोह आज राजधानीको सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।
समारोहमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतको उपस्थिति छ। तर, यस वर्ष भने अघिल्ला वर्षझैं अन्य पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरू उपस्थित भएनन्।
जेनजी आन्दोलनपश्चातको विशेष राजनीतिक परिस्थितिका कारण यसपटक टुँडिखेलको कार्यक्रममा विगतमा झैं सांस्कृतिक झाँकीलगायत प्रदर्शन भने भएन। यद्यपि नेपाली सेना र अन्य सुरक्षा निकायका टोलीले ब्याण्डसहितका औपचारिक प्रस्तुति दिएका थिए।
२०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाइन्छ। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संविधानसभाको बैठकमार्फत संविधान जारी भएको घोषणा गरेका थिए।
असोज ३, २०८२ शुक्रबार १०:२०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।