संविधान दिवसको अवसरमा बृहत शान्ति र्‍याली सम्पन्न

संविधान दिवसको अवसरमा बृहत शान्ति र्‍याली सम्पन्न

काठमाडौं : संविधान दिवसको अवसरमा आज बिहान राजधानीमा बृहत शान्ति र्याली सम्पन्न भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको र्याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमै पुगेर सभामा परिणत भएको थियो।

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले आयोजना गरेको कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीवीलगायत विभिन्न पेसामा संलग्न नागरिकहरूको सहभागिता रह्यो। सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्ने मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

वि.सं. २०७२ असोज ३ गते जारी संविधानको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। र्यालीमा सहभागीहरूले संविधानलाई समयानुकूल संशोधन र सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।

यसैबीच, संविधान दिवसको मुख्य समारोह राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा भइरहेको छ।

असोज ३, २०८२ शुक्रबार ०९:४१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।