संविधान दिवसको अवसरमा अमेरिकी विदेश सचिव रुबियोले पठाए शुभकामना

संविधान दिवसको अवसरमा अमेरिकी विदेश सचिव रुबियोले पठाए शुभकामना

काठमाडौं : संयुक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपालीहरूलाई शुभकामना दिएको छ। अमेरिकी सरकारको तर्फबाट पठाइएको सन्देशमा नेपाल निर्वाचनतर्फ अघि बढिरहेका बेला पारदर्शी सरकार र संविधानको पूर्ण पालना अपरिहार्य रहेको उल्लेख छ।

अमेरिकाका विदेश सचिव मार्को रुबियोले जारी गरेको सन्देशमा हालैका विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ।

अमेरिकाले नेपाली जनताले समृद्ध भविष्य, आर्थिक वृद्धिलाई अघि बढाउने, क्षेत्रीय सुरक्षा बलियो बनाउने र साझा समृद्धिमा केन्द्रित हुने अधिकार प्राप्त गर्नुपर्ने उल्लेख गरेको छ।

साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताले नेपालमा यातायात र ऊर्जा पूर्वाधार विस्तारमा योगदान पुर्याउने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिमा सहयोग गर्ने र अमेरिकी-नेपाली साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

असोज ३, २०८२ शुक्रबार ०९:२३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।