पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन : राति परेको सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको पहिरोले सडक अवरुद्ध बनाएको थियो। त्यसपछि राति ११ः५५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो भने आज बिहान ७ः१५ बजेदेखि पूर्ण रुपमा दुईतर्फी सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

पहिरोसँगै खसेको ढुङ्गाले ना६ख १५२२ नम्बरको बसमा ठोक्किँदा अगाडिको सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ।

असोज ३, २०८२ शुक्रबार ०८:२०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।