यु-१७ साफ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो।
श्रीलङ्काको कोलोम्बोमा आज सम्पन्न खेलमा बङ्गलादेशसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो। बङ्गलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एक-एक गोल गरे।
जितसँगै तीन अङ्क जोडेको बङ्गलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै पराजित नेपाल दुई खेलबाट तीन अङ्कका साथ दोस्रो स्थानमा छ। पहिलो खेलमा नेपालले श्रीलङ्कालाई २-० ले पराजित गरेको थियो।
प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता छ। जसमा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन्।
असोज २, २०८२ बिहीबार २२:०४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।